जब म टिप्न खोज्थँे
ऊ पूरा फक्रेकै थिएन,
मालिले भने ‘कोपिला टिप्नै हुँदैन’
राम्ररी फक्रिन दिनुपर्छ ।
ऊ जति फक्रिदै गयो,
म त्यति नै टिप्न कोषिस गर्थें,
म डिलमाथिबाट टिप्न खोज्थेँ
हावाले तल लगिदिन्थ्यो,
म डिलमुनीबाट टिप्न खोज्थेँ
हावाले माथी पुर्याइदिन्थ्यो
विहानै हेर्न आउँदा
सितले भिजेको हुन्थ्यो
बेलुका चिहाउँदा
घामले ओइलाएको हुन्थ्यो ।
डढुवा र काइ हटाउन
किटनासक छर्केको निहुँमा
छिमेकमा त्रास फैलिएपछि
भ्mयाउकिरी बास्ने बगैचामा
लामो समय बन्दुकले दोहोरी गायो,
रंगी विरंगी पुतली मरे,
फूलबारी शोकाकुल बन्यो,
त्यही बेला
बगैचा पस्न बन्देज लगाइयो,
फूल टिप्ने, चुम्ने र सजाउने
मेरो सपना पूरा हुनै सकेन
किनभने,
मैले त्यो फूल टिप्नै सकिँन । ।
विमल लामिछाने