दमकमा महिला हिंसा विरुद्ध हस्ताक्षर संकलन

0
164

दमक/ देशका बिभिन्न ठाउँमा महिला हिंसा तथा सामाजिक अपराधका घटना बढेको भन्दै दमक पब्लिक लाईब्रेरीले सो को बिरोधमा हस्ताक्षर संकलन तथा र्याली निकालेको छ । महिला हिंसा तथा हत्याको बिरोधमा भएको हस्ताक्षर प्रदेशका गृहमन्त्रीलाई बुझाईने लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।
महिला हिंसा बन्द गरौं, नारी मोजमस्तिको साधन मात्रै हैनन जस्ता चेतना मुलक प्लेकार्ड सहित निस्किएको र्यालीले दमकको मुख्य चौक परिक्रमा गरेको थियो ।

महिलाहरुले कडा नियम नभएका कारण यस्ता घटना घटेको बताएका छन् । कार्यक्रममा साहित्यकारहरु प्रकाश बुढाथोकी, नविन प्राचिन लगायतले महिला हिंसा बिरुद्धका रचन वाचन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here