असक्तलाइ निशुल्क जीवन विमा

0
309

सुरुङ्गा/ कनकाई नगरपालिकाभित्र बसोवास गर्दै आउने तर सामान्य रकम नभएकै कारण सहयोगको हात भन्दै गाउँगाउँमा माग्दै हिड्नेहरुको सङ्ख्यामा अभ भने कमि आउने भएको छ ।

कनकाई नगरपालिकाले यस्ता असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जीवन विमा गर्न सुरु गरेपछि कनकाई नगरपालिकाभित्रका झण्डै ३ हजारजना यस सेवाबाट आभान्वित हुने भएका छन ।
कनकाई नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले निशुल्क ५० हजारसम्मको जिवन विमा गर्न सुरु गरेको छ ।
बुधवार विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका १२ जना वृद्धवृद्धालाई यस विमा वापतको रकम प्रदान गर्दै विमाको उदघाटन गरे ।
सरकारले प्रत्येक घरपरिवारको अनिवार्य जीवनविमा गर्न सुरु गरेपछि नगरपालिकाले जेष्ठ नागरिक, पूर्ण अपाङ्ग, एकल महिला, जेष्ठ दलितहरुको विमित रकम नगरपालिकालेनै व्याहोर्ने लाई नगरपालिका प्रमुख पोखरेलले बताउनुभयो । यस सेवा पाउनेमा नगरभित्रका २२ सय १३ जना जेष्ठ नागरिक , ९० जना पुर्ण अपाङ्ग, ३९० जना एकल महिला र १२४ जना जेष्ठ दलित गरी जम्मा २ हजार ८ सय १७ जनाले यो सुविधा पाउने नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले बताए ।
वृद्धवृद्धा र असक्तहरु आवश्यक रकमको अभावमा रोग पालेर नवसुन भनेर नगरपालिकाले विमाका लागि १७ लाख रुपैँया रकम विनियोजित गरेर यस वर्षदेखि बिमा सेवा सुरु गरेको नगरप्रमुख पोखरेलले बताए । हरेक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिर्दै जाने समेत नगरप्रमुख पोखरेलले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here