घुम्ने कुशीमा बसेर सुर्ती पिच्च थुक्न नपाइने भो, मन्त्री ज्यू

0
334

दमक/ मन्त्रालयको घुम्ने कुर्षीमा बसेर खैनी प्याट प्याट पार्दै पिच्च थुक्न कति कति मजा आउँदो हो मन्त्री र उच्च कर्मचारीहलाइ, तर अब होसियार रहनुहोस् । तपाईंको सुर्ती चुरोट खाने बानी छ ? चौबिसै घण्टा सुर्तीजन्य पदार्थी गोजीमा बोक्नुहुन्छ ? यदि त्यस्तो बानी छ र स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ तपाईंलाई मन्त्रालयको गेट नै बन्द हुनेछ ।
सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थीको नियन्त्रण तथा नियमन कडाइ गर्नकोलागि प्रमुख नियमनकारी निकायको रुपमा रहेको स्वास्थ्य मन्त्रालयबाटै सुरुवाती चरणमा सुर्तीजन्य पदार्थी बोकेर आउनेलाई निशेध गर्ने तयारी गरेको हो ।
सुर्तीजन्य पदार्थी नियन्त्रण तथा नियमन ऐन २०६८ र सो एनलाई कार्वन्वयन गर्नै बनेको निर्देशिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थी सेवन तथा बिक्री वितरण रोक लगाएको छ । तर कानुनमा भएको सो कानुन कार्यन्वयन नभएकोले आफ्नै मन्त्रालयबाटै कार्यन्वयन सुरु गर्न लागिएको स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यलले बताइन् ।
सो नियमलाई कडाइ गर्न मन्त्रालय छिर्ने गेटमा नै सुरक्षाकर्मीबाट सोधपुछ गर्ने र खानतलासी सम्मको अधिकार दिइएको छ । ‘ऐन नियमलाई कार्यनवयन गर्न सुरुवात आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रालयबाटै कार्यन्वयन सुरु गर्न लागिएको हो,’ उनले भनिन्, ‘मन्त्रालय छिर्ने गेटमानै जाँच हुन्छ, सुर्तीजन्य पदार्थी बोकेर भित्र पस्ने अनुमति हुँदैन ।’
मन्त्रालयको कार्यभार समालेपछि पहिलोपटक पत्रकार सम्मेलन गरेकी मन्त्री अर्यालले साना साना कुराबाट सुधारको पहल थाल्ने बताइन् । देश संघीयताको नयाँ चरणमा भएको हुँदा काम गर्न केही अलमल भइहेको समेत बताइन् । ती अलमललाई चिर्न प्रदेशस्तरीय मन्त्रीहरुसँग छलफलको तयारी गरेको उनको भनाइ छ । ‘स्थानीय तह, प्रदेश सरकारमा स्वास्थ्य सेवा प्रवाहमा केही समस्याहरु देखिएका छन्,’ उनले भनिन्, ‘ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर प्रदेशमा रहेका सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफलको तयारी गरिरहेका छौं ।’
स्वास्थ्य सेवा प्रत्येक व्यक्तिसँग प्रत्यक्ष जोडिएको हुँदा यसलाई प्रभावकारी बनाउन आफू लागि पर्ने उनको भनाई थियो । ‘जनताले सेवालाई छिटो, छरितो बनाउन अनुगमनलाई तीव्रता दिनेछ ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले संघीयता कार्यन्वयनकोलागि मन्त्रालयले नयाँ संरचना बनाउने काम अन्तिम चरणमा पुगेको बताइन् । उनले केही दिनमा नै संरचनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताइन् । उनले सबै क्षेत्रलाई समेट्नेगरी संरचना तयार पारिएको समेत जानकारी दिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here