मिक्लाजुङ रवि रनिङ गोल्डकप हुँदै

0
233

दमक/ पाँचथरको रविमा यहि चैत २४ गतेदेखि पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि रनिङ गोल्डकप हुने भएको छ ।
नयाँ वर्षको अवसर पारेर स्थानीय राइजीङ स्पोर्टिङ क्लवले चैत २४ गतेदेखि बैशाख १ गते सम्म मिक्लाजुङ रवि रनिङ गोल्डकपको आयोजना गरेको हो । क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गरि गोल्डकपको सवै तयारी तीव्र पारिएको जनाएको छ ।

क्लवका अध्यक्ष गणेश दर्लामीले पाँचौ संस्करणका रुपमा गोल्डकपलाई यसवर्ष समेत निरन्तरता दिएको बताए । उनले गोल्डकपको आन्तरिक आधा बढी तयारी भईसकेको र बाकी काम तीव्रताका साथ सञ्चालन भईरहेको जानकारी दिए ।
२०६९ सालदेखि शुरु भएको गोल्डकपका यसवर्षका विजेताले नगद २ लाख ५० हजार,उपविजेताले नगद १ लाख ५० हजार,ट्रफि ,मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा दैनिक १ जना खेलाडीलाई म्यान अफ दि म्याच प्रदान गरिने छ भने वेष्ट स्कोरर,बेष्ट गोलकिपर,म्यान अफ दि सिरिजबाट एक/ एक जना खेलाडीलाई समेत पुरस्कृत गरिने क्लवका अध्यक्ष दर्लामीले जानकारी दिए ।
प्रतियोगितामा वीएफसी झापा, रारा क्लव धनकुटा,चर्च व्याइज काठमाण्डौ, राष्ट्रिय जागृति क्लव इटहरी,दार्जिलिङको एफसी क्लव,मोरङ यूनाईटेड क्लव,नेपाल प्रहरी र आयोजक क्लवको सहभागिता रहने जनाईएको छ ।
गोल्डकपका आर्थिक संयोजक इन्द्र लामाले गोल्डकप सम्पन्न गर्न करिव २५ लाख ५० हजार ५ रुपैया खर्च हुने अनुमान गरिएको बताए । टिकट शुल्क लिइने सो प्रतियोगिता भरि १० हजार दर्शकले खेलको अवलोकन गर्ने गोल्डकपका महासचिव दिनेश खनालले बताए । खेल रविको दुर्गा माविको खेल मैदानमा हुने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here