नगरपालिकाले बनायो , गरिबी पहिचान कार्यबिधि

0
367

दमक/ झापाको दमक नगरपालिकाले अति बिपन्न ब्यक्ति तथा समुदायको पहिचानका लागि कार्यविधि तयार गरेको छ ।
नगरका विपन्न व्यक्ति तथा समुदायलाई विशेष ब्यवस्था दिनका लागि नगरकार्यपालिकाले बिपन्न पहिचान कार्यबिधि बनाएर स्वीकृत गरेको छ । नगरभित्र रहेका बिपन्न परिवारको अवस्था सर्वेक्षण गर्न र उनीहरुलाइ परिचयपत्र दिन अब बाटो खुला भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
बिपन्न समुदायको पहिचान नहुदाँ नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम समेत प्रभावित हुदै आएको थियो । नगरपालिकाका प्रमुख ओलीका अनुसार शनिबार बसेको नगरकार्यपालिकाको बोर्ड बैठकले बिपन्न पहिचान कार्यबिधि पास गरेको र राजपत्र प्रकाशित गरेपछि कार्यन्वयन तत्काल शुरु हुन्छ । नगरपालिकाका अनुसार बिपन्नहरुलाई चार श्रेणीमा बिभाजन गरिने छ । अति बिपन्न, बिपन्न, न्यून स्तरको बिपन्न र सामान्य बिपन्न गरेर बिभाजन गर्ने नगरपालिकाले तयारी गरेको छ । बिपन्नताको परिचयपत्र दिए अनुसार नगरपालिकाले सेवा प्रदान गर्ने तयारी रहेको नगरप्रमुख ओलीले जानकारी दिए ।
अति बिपन्नको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने कार्यबिधिमा उल्लेख छ । प्रमुख ओलीले भने –‘अति बिपन्नहरुको सम्पूर्ण प्रकारको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारले लिन्छ ।’ अहिले पहिचान नहुदाँ सेवा प्रवाह गर्ने क्रममा समेत समस्या भएकाले अब यो समस्या सामधान हुने उनको दाबी रहेको छ ।
बिपन्नहरुका लागि नगरभित्रका अस्पतालहरुमा औषधि उपचारमा आवश्यकता अनुसार छुट गर्ने, सार्वजनिक सेवा प्रवाहका लागि बिशेष ब्यवस्था गर्ने, शिक्षामा पँहुच पुर्याउनेजस्ता उद्देश्यहरु राखिएको समेत उनले जानकारी दिए । नगरपालिकाले केहिदिन भित्रै राजपत्रमा प्रकाशित गरेर काम शुरुगर्ने पनि नगर प्रमुख ओलीले जानकारी दिए ।
यसैगरि नगरपालिकाले स्थानीय तह सञ्चालन कार्यबिधि, मानव शंशाधन बिकास निर्देशिका, आन्तरिक अनुगमन कार्यबिधि पनि बोर्ड बैठकबाट पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । बोर्ड बैठकले पास गरेका नियम तथा कार्यबिधि स्थानीय सरकारको राजपत्रमा प्रकाशित भएपछि लागु हुने उनको भनाई छ । झापामा गरिबी पहिचानका लागि जिल्लाका अन्य स्थानीय तहहरुले भने हालसम्म कार्य बिधि बनाएका छैनन् । यसरी कार्यबिधि बनाएर काम शुरु गर्न लागेको स्थानीय तहमा दमक नगरपालिका भएको प्रशासकीय अधिकृत तिम्सीनाले बताए । यसभन्दा अगाडि आधा दर्जन भन्दा बढि कानुन र कार्यबिधि बनाएर नगरपालिकाले राजपत्रमा प्रकाशित गरिसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here