विदुषी बृन्दादेवीले नौ दिन लामो भू–तपस्या पुरा गरिन

0
402

दूधे/ विदुषी बृन्दादेवी बरालले नौ दिन लामो कठोर भू–तपस्या पुरा गरेकी छिन् । शिवसताक्षी १० स्थित माईधारमा १२ गते विहान साढे सात बजे जमिनमुनीबाट निस्किएकी हुन् । उनले गएको ४ गतेबाट ९ फिट गहिरो खाल्डोमा भित्र बसेर तपस्या सुरु गरेकी थिइन् ।
दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष समेत रहेकी विदुषी बृन्दादेवी जमिनमुनीबाट बाहिर निस्कनु अघि नै भक्तजनको भिड लागेको थियो । साढे सात बजे विहान निस्कने थाहा पाएपछि दर्शनार्थीको विहान ५ बजेबाटै भिड लागेको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले बताए ।
तपस्या सुरु भएको दिनबाट नै सो स्थलमा नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायज्ञ लागेको थियो । चैत ४ गते साँझ साढे पाँच बजे जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्बचन दिएपछि विदुषी बरालले भू–तपस्याका लागि पूर्र्वीद्वारबाट जमिनमुनि पसेकी थिइन् । नौ दिनसम्म निराहार भू–तपस्या गरेपछि तपस्यास्थलको दक्षिणीद्वारबाट बाहिर निस्किएकी उपाध्यक्ष सुवेदीले बताए ।
सुवेदीका अनुसार धर्मानुरागीले सकेको दान घोषणा गरेका छन् । छ सय रुपैयाँ तिरेर महायज्ञका सदस्य बनेका भक्तजलाई भू–तपस्याबाट जागृत भएको रुद्राक्ष माला र माटो बृन्दा माताको हातबाट प्रदान गरिने भएको छ । महायज्ञमा संकलित रकमबाट तपस्या स्थलमा गुरु कुलको स्थापना, अनाथ बालबालिको आश्रम, योग साधना सत्संग भवन, राधाकृष्णको मन्दिर निर्माण गर्ने गरिने पुराण आयोजक समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here