ध्वनी प्रदुर्षण रोक्न बाल सञ्जालको माग

0
306

दमक/ ध्वनी प्रदुर्षण रोक्न माग गर्दे दमकका बालबालिकाहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ध्वनी प्रदुर्षण गतिविधिले बालबालिकाहरुसहित विद्यार्थीहरुको पठनपाठनमा गंभीर असर पुगेको भन्दै त्यस्ता ध्वनी प्रर्दुषण कार्यलाई कडाइका साथ नियन्त्रण गर्न बालबालिकाहरुले माग गरेका छन् ।
बालबालिकाहरुको नगर स्तरिय सञ्जालले सोमवार नगर प्रमुख रोमनाथ ओलीलाई भेटेर त्यस्तो ध्यानाकर्षण पत्र बुझाएका हुन् । नगर बाल सञ्जालका अध्यक्ष प्रजेश खनालका अनुसार दैनिक जसो चौक,वजार क्षेत्रमा हुने पुराण,नाचगानलगायतका कार्यमा बजाईने चर्को बाजागाजाले विद्यार्थीहरुलाई प्रत्यक्ष असर पुगेकाले त्यस्ता ध्वनी प्रदुर्षणलाई नियन्त्रण गर्न माग गरिएको छ । परिक्षाको समयमा यसरी हुदै आएको ध्वनी प्रदुर्षणबाट आजित भएपछि नगरपालिकालाई ध्यानाकर्षण गराउन बाँध्य हुनुपरेको सञ्जालका अध्यक्ष खनालले जनाएका छन् ।
नगरका विभिन्न भागमा दिनहुँ जसो पुराणसहित धार्मिक कार्यक्रम, विज्ञापनमूलक सूचनाको प्रसारण,माइकिङ बजाईने बाजागाजाले चर्को ध्वनी प्रदुर्षण निम्तयाउदै आएपनि सम्बद्ध पक्षको ध्यान नगएपछि औपचारिक बाल सञ्जालले स्थानीय सरकारलाई गुहार माग्नुपरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here