‘नाइ नभन्नु ल ५’ को सुटिङ झापा र इलाममा

0
378

दमक/ अध्याधिक चर्चा कमाएका सफल चलचित्र कमै मात्र हुन्छन् । यस मध्ये नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ लाई अरु चलचित्रले ब्रेक गर्न सकेका छैनन् ।

यही चलचित्रको छायांकन झापाबाट शुरु हुँदैछ । झापाको सालबारी, विर्तामोड, इलामका कन्याम चियाबगान, हर्कटे सानो पाथीभरा लगायत इलामका बिभिन्न स्थानमा सुटिङ गर्ने स्थानको छनौट भइसकेको निर्माता विकाश आचार्यले बताए ।
दर्शकहरुको अत्याधिक माया र समर्थन पाएपछि पाँचौ संस्करणको ‘नाइ नभन्नु ल ५’ निर्माण भएको हो उनले भने । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको चलचित्र २०७५ भदौ ८ गते प्रदर्शन हुनेछ ।

यसमा अभिनेत्री प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, बाल कलाकार अनुभव रेग्मी, कुटुमा कुटुबाट अब्बल दर्शकले रुचाएकी स्वस्तिमा खड्का, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसी लगायतका कलाकार हरुको अभिनय रहने छ । प्रेम कथामा आधारित यो चलचित्रमा स्वस्तिमा र प्रियंकाको आमाछोरीको रोल रहने बताइएको छ ।
यस अघि रिलिजभएका सवै चलचित्रले एक से एक सफलता हासिल गरेपछि निर्माण पक्षले अब पाँचौ स्करण निर्माण गर्न लागेको निर्माता आचार्यले बताए । यो संस्करणमा नायकको मुख्य भूमिकामा अनुभव रेग्मी रहने भएका छन ।

यस चलचित्रमा बाल कलाकारबाट डेब्यू गर्दैछिन् झापा दमककी सेड्रिना शर्मा । उनी दमकस्थित संगम स्वीट्सको प्रोपाइटर एवंम् सामाजिक ब्यत्तित्व संगम शर्माकी छोरी हुन् । कलाकारको टोली आइतवार नै सुटिङकोलागि झापा आइसकेको चलचित्र संघका पूर्वाञ्चल वितरक चैतन्य बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here