कृषक समूहलाई हाते ट्याक्टर

0
176

दमक/ कृषकहरुलाई उद्यमशीलता तर्फ जोड दिने उद्देश्यले झापाको कमल गाउँँपालिकाले आइतबार कमल–६ स्थित नमुना कृषक समूहलाई हाते ट्याक्टर उपलब्ध गराएको छ ।
गाँउपालिका अन्तर्गतको कृषि विकास शाखाको ५० प्रतिशत अनुदानमा समूहलाई एक थान हाते ट्याक्टर प्रदान गरिएको हो । सो हाते ट्याक्टर कृषि विकास शाखाका प्रमुख दिलबहादुर श्रेष्ठले समूहका अध्यक्ष मेदनीप्रसाद पोख्रेललाई हस्तान्तरण गरे । हाते ट्याक्टर आइतबारदेखि नै प्रयोगमा समेत ल्याईएको अध्यक्ष पोख्रेलले बताए । समूहले दुई बर्ष यता त्यहाँ समूहगत विभिन्न आयमूलक कृषिबाली,खेती गरिआएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाले गाउँँपालिका भित्रका उन्नत कृषक समूह,संस्थाहरुलाई विभिन्न कृषि औजार,उपकरणहरु अनुदानमा वितरण गर्दे आएको शाखा प्रमुख श्रेष्ठले बताए । यसवर्ष गाउँपालिकाले ५ वटा पावर टेलर, ८ वटा मिनी टेलर,१५ वटा घाँस काट्ने औजार,१० वटा मकै छडाउने औजार ,५ वटा दुध संकलन गर्ने चिस्यान औजारहरु वितरण गरिएको जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here