संगमले खोल्यो उर्लावारीमा शाखा

0
250

उर्लावारी/ पूर्वकै ब्राण्डको रुपमा स्थापित बनेको संगम स्वीट्सले मोरंगको उर्लाबारीमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । रामनवमीको अवसर पारेर आइतवारदेखि आफ्नो छैठौ शाखाको रुपमा उर्लाबारी बजारमा नै सेवा शुरु गरेको हो । यसको उद्घाटन उर्लाबारीका सरकार प्रमुख खड्ग फागोले गरे ।
उनले संगम स्वीट्सको खुलेर प्रशंशा पनि गरे । उनले आफू काठमण्डौमा जाँदा समेत संगम स्वीटस नै पुग्ने गरेको र दमकमा कयौ पटक गएको भन्दै आफ्नै नगरमा आएकेमा खुशी ब्यक्त गरे ।
संगम स्वीट्सका कार्यकारी प्रमुख संगम शर्माले गुणस्तरमा कुनै पनि कमी हुन नदिने र आफ्नो ब्राण्डलाइ उपभोक्तामाझ स्वस्थ रुपमा प्रस्तुत गर्ने बताए । उनले संगम स्वीट्स यहाँसम्म आइपुग्न धेरै मेहनत गरेको बताए ।
संगम स्वीटस दमकका सञ्चालक बिमल शर्माले ओपनिङको दिन सोचेभन्दा राम्रो जमघट रहेकोले ग्रहकको चाहना अनुसार सेवा दिन कोसिस गर्ने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here