गौरादहमा निशुल्क स्वास्थ्य शिविर

0
238

गौरादह/ वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा एक दिने निशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह वार्ड नं. २ स्थित अमर आधारभुत विद्यालयमा भएको कार्यक्रममा धरान घोपाबाट आएका वरिष्ठ विषेशज्ञ डाक्टरहरुको टोली द्धारा नाक, कान, घाटी सम्वन्धि रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक औषधी समेत निशुल्क रुपमा प्रदान गरिएको थियो ।
निशुल्क स्वास्थ्य शिविरमा प्राध्यापक डा. बजरंग प्रसाद साह, प्राध्यापक डा. दिपक पौडेल, एम.एस. डा. सुवन भण्डारी, एम.एस. डा. अनुप सन्जेल तथा अडियोलोजिस्ट गोपाल सुवेदी सहितको विषेशज्ञ टोलीद्धारा ३२५ वढि बिभिन्न विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । औपचारिक रुपमा सञ्चालित कार्यक्रमको उद्देश्यवारे प्रकाश पार्दै नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले नगरपालिकाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमले आर्थिकरुपमा नाक, कान, घाँटी सम्वन्धी समस्यामा रहेका विरामीहरुकोलागी अमुल्य योगदान पुर्याउन सकेको बताउँदै आगामी दिनमा जन–स्वास्थ्यको क्षेत्रमा अझ वढी जिम्मेवारी वहन गर्दै अगाडि वढिने बताए ।
कार्यक्रममा आप्mना धारणा राख्दै नगर उप–प्रमुख गिता भेट्वालले स्वास्थ्य क्षेत्रमा वृहत सुधार ल्याउकालागि नगरका आगामी योजनाहरुको बारेमा चर्चा गरेकी थिइन । कार्यक्रमा वोल्दै नगरप्रमुख रोहित कुमार साहले गौरादहमा निकट भविष्यमानै एउटा सुविधा सम्पन्न हस्पिटल निर्माण गरिने बताउदै स्वास्थ्य क्षेत्रमा ठोस कार्यक्रम ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । “म आप्m स्वयम् स्वास्थ्यकर्मी भएकोले नगरवासीलाई भरपर्दो स्वास्थ्य सुविधा प्रदान गरिनु पर्छ भन्ने मेरो चाहना छ, चालु आर्थिक वर्षमा हामिले जे–जति बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सकेका र्छौ, आगामी जेष्ठमा आउने वजेट बाट ठोस कार्यक्रमहरु अगाडि वढाइने छ ”— साहले भने ।
नगरपालिका द्धारा आयोजना गरिएको नाक, कान, घाटी सम्वधी निशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउन आएका स्थानीयवासीमा निकै उत्सुकता रहेको पाइयो– समाजसेवी युवा धर्मराज गुरागाँईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here