अब नयाँ नेपालमा, नयाँ संरचना र प्रद्धतिबाट शिक्षा क्षेत्रलाई अघि बढाइने

0
196

उर्लाबारी/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब शिक्षा क्षेत्रले आर्थिक अभाव झेल्नु नपर्ने बताएका छन् । उनले प्रदेश सरकार आर्थिक अभाव खेप्दै आएका सामुदायिक विद्यालय र क्याम्पसको स्तर वृद्धिका लागि लागेको बताए ।
शनिबार मोरङको उर्लाबारी नगरपालिकास्थित उर्लाबारी बहुमुखी क्याम्पसको १८ औं क्याम्पस सभा तथा ३० औं वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राईले शिक्षा क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि प्रदेश सरकार नीति निर्माणमा जुटेको बताए । ‘नीति, बजेट तथा कार्यक्रम नभएर शिक्षण संस्था नचल्ने अवस्था विगत भइसक्यो। अब नयाँ नेपालमा, नयाँ संरचना र प्रद्धतिबाट शिक्षा क्षेत्रलाई अघि बढाइने छ । त्यसका लागि आवश्यक कानुनहरुको निर्माण भइरहेको छ,’ उनले भने ।
मुख्यमन्त्री राईले जनताले प्रत्यक्ष अनुभव गर्ने खालको वैज्ञानिक, आधुनिक, प्राविधिक एवं व्यवहारिक शिक्षाको विकास गर्नुको विकल्प नरहेको औंल्याए । प्रदेश १ सबै कुराले सम्पन्न रहेको बताउँदै त्यसलाई जनताको पहुँचसम्म पुर्याउँने बाटोमा प्रदेश सरकार अघि बढ्ने बताए । ‘यो प्रदेश जल, चिया, लालीगुराँस र धान उत्पादनको राजधानी हो। अब, शिक्षामा पनि मुलुकको अग्रणी बनाउन लाग्नुपर्छ,’ उनले भने। भारत र चीनसंग मात्र नभई भुटान र बंगलादेशसंग पनि नजिक रहेकोले प्रदेश १ ले त्यसको पनि फाइदा उठाउनुपर्ने मुख्यमन्त्री राईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here