स्वर्णलक्ष्मीको बार्षिकोत्सव सम्पन्न

0
191

दमक/ झापाको दमक– ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार विभिन्न कार्यक्रमगरि आफनो ९ औ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा रक्तदान, निःशुल्क स्वास्थ्य चेकजाँच तथा ल्याब परिक्षण गर्नुका साथै रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रलाई २ थान रक्तदानमा प्रयोग गरिने बेड हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाको प्राङगणमा आयोजित बृहत शिविरमा आँखा, दन्त, महिला तथा प्रसुति, सुगर, प्रेसर, मुटु सम्बन्धी सर्वसाधारणहरुले स्वास्थ्य जाँच गराएका थिए ।
संस्थाका व्यवस्थापक कमल घिमीरेका अनुसार खुल्ला रक्तदानमा १०१ पिन्ट रगत संकलन भएको छ । रक्तदानमा संस्थाका सञ्चालक, शेयर सदस्य,कर्मचारी तथा सर्वसाधारणहरुले रगत दिएका थिए । त्यस्तै शिविरमा आयोजित आखाँ स्वास्थ्य परिक्षण तर्फ १ सय ४४ र दन्त तर्फ ४१ जनाको परिक्षण गरिएको थियो । त्यस्तै १ सय ३० जनाले फिजिसियन डाक्टरको सेवा लिएका थिए भने ३ सय २३ जनाले स्वास्थ्य जाँच पछि विभिन्न रोगको ल्याव परिक्षण गरिएको थियो । उनीहरुलाई औषधी समेत निशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष रवि न्यौपानेले जानकारी दिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्भ्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य प्रेम कोइराला, स्वयंमसेवी रक्तदाता समाज झापाका अध्यक्ष सिताराम खतिवडा, रेडक्रस सोसाईटी उपशाखा दमकका सदस्य तिर्थराज बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका कोषाध्यक्ष बुद्धि सागर बरालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्याँउने लाइफलाइन अस्पताल,हिमालय चश्मा घर, रेडक्रस दमक र पाथीभरा डेन्टल सेन्टरलाई सम्मान गरिएको थियो ।
संस्थाले बर्सेनी आफनो स्थापना दिवसका अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रमसंगै बृहत रक्तदान,स्वास्थ्य शिविरको आयोजना गरिआएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here