राजेश मल्लिक हत्यामा संलग्न काका पक्राउ,

0
344

झापा,९ चैत/ एकै परिवारमा रहेका भतिजलाई छुरा प्रहार गरेर हत्या गर्ने काका पक्राउ परेका छन् । झापाको दमकमा चार महिना अघि एक जना युवाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकले शुक्रवार यहाँ पत्रकार सम्मेलन गरि दमक–७ बस्ने हरिवहादुर मल्लिकका १९ बर्षीय छोरा राजेश मल्लिकको हत्यामा संलग्न सोहि वडा बस्ने २६ बर्षीय भोला भन्ने नरेश मल्लिकलाई सार्वजनिक गरेको हो । राजेशका परिवारसहित जनप्रतिनिधिहरुवीच प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्दे प्रहरी नायव उपरिक्षक दिपक गिरीले दोषीलाई कानुन बमोजिम सजाय पाउने बताए ।
पक्राउ परेका मल्लिक एकाघरका काका भएको प्रहरीले जनाएको छ । उनलाई इप्रका दमकका प्रनाउ गिरीको नेतृत्वमा गएको टोलीले झापाको मेचीनगर–६ स्थित मेची खोलाका आसपासबाट शुक्रवार विहान ८.३० वजे पक्राउ गरेको हो । उनी हत्या लगत्तै मोरङको विराटनगर नाका हुदै भारत छिरेका थिए ।
दमकको हिमालय मावि कक्षा १२ मा अध्ययनरत राजेशको हत्या लगत्तै प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान तीव्र वनाएको थियो । प्रहरीले अनुसन्धानका लागि विशेष व्यूरो प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा एक टोली परिचालित भएको थियो ।
प्रनाउ गिरीका अनुसार अभियुक्त पछि भारतको मात्तीगाढा आसपास बसेर परिवार भेट्न काकड्भिट्टा आसपास आउने गरेको पाईएको थियो । त्यही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले बताए ।
प्रनाउ गिरीका अनुसार अभियुक्तलाई शुक्रवारनै जिल्ला अदालत झापामा म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ । प्रहरी सामु अभियुक्तले राजेशको हत्या आफूलेनै गरेको बयानका क्रममा स्वीरकारेका प्रनाउ गिरीले बताए । यसैवीच अभियुक्त समातिए खबर लगत्तै प्रहरी कार्यालयमा दिनभरि सर्वसाधारणको ठुलो भिड लागेको थियो ।
अभियुक्तले आफनै भतिजलाई गत कातिक २५ गते दमक–६ स्थित त्रिवेणी होटल तथा लजमा छुरा प्रहार गरि हत्या गरेका थिए । हत्या पछि फरार भएका भोलाको खोजतलासका क्रममा पक्राउ गरिएको प्रनाउ गिरीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here