प्रदेश १ को प्रदेश सभा नियमावली पारित २ सय ११ नियम

0
193

विराटनगर/ प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ बिहिबार पारित भएको छ । प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूचि भएको नियमावली सर्वसम्मतीले पारित गरेको हो । प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीको संयोजकत्वमा गठित ११ सदस्यीय नियमावली मस्यौदा समितिले तयार पारेको मस्यौदा संशोधनसहित पारित भएको हो ।
मस्यौदामाथि नेकपा एमालेकी सांसद उषाकला राईले शून्य समय र प्रश्नोत्तर समयको छुट्टाछुट्टै प्रावधानलाई एउटा मात्रै राख्न हालेको संशोधन प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।

संशोधनपछि शून्य समय एक घण्टा ३० मिनेट कायम भएको छ । नियमावलीले विभिन्न सात वटा संसदीय समिति रहने व्यवस्था गरेको छ । नियमावली पारित गरेपछि आगामी चैत १४ गते दिउँसो १ बजे सम्मकालागि बैठक स्थगित भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here