ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

0
448
????????????????????????????????????

फिदिम/ जिल्लाको फिदिम नगरपालिका–१, साब्राङमा शुक्रबार अपरान्ह भएको ट्याक्टर दुर्घटनामा चालक ठहरै भएका छन् ।
मृत्यु हुने चालक इलाम नगरपालिका–१०, गोदकका २१ बर्षिय खगेन्द्र खत्री रहेको प्रहरीले जनाएको छ । उनको सडक बीचमै ट्याक्टर पल्टिदा चेपिएर घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा उनी मात्र रहेका थिए । मे १ त २५२३ नम्बरको ट्याक्टर फिदिम–फालोट सडक खण्ड अन्तर्गत फिदिम–१, साब्राङमा सडकमै पल्टिएको थियो ।
उक्त ट्याक्टर एशियाली बिकास बैंकको सफ्ट ऋण सहयोगमा कालोपत्रेको काम सुरु भएको फिदिम–फालोट सडकमा ढुवानीको काममा प्रयोग भइरहेको थियो ।

ढुंगा ओसार्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए । घुम्तिको घेउमा पल्टिएकाले उक्त ट्याक्टर ओभर स्पिरिडका कारण अनियन्त्रित भई पल्टिन पुगेको प्रहरीको अनुमान छ ।
सडक बीचमै ट्याक्टर पल्टिएपछि केही समय फिदिम–फालोट सडक अवरुद्ध भएको थियो । साँढे तीन बजेतिर स्काभेटर प्रयोग गरी ट्याक्टर पन्छाएर सडक सूचारु गरिएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here