महिलालाई घरेलु तालिम

0
614

वेलडाँगी /भूटानी तथा नेपाली समूदायका महिलाहरुको सँयुक्त सहभागितामा उत्पादित ढाकाका सामाग्री वेचेको केही रकमले अशक्तहरुलाई सहयोग गरिने भएको छ । भूटानी शरणार्थी समूदाय आसपास क्षेत्रका महिलालाई जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ घरेलु ढाका उत्पादन सम्बन्धी तालिम दिएर सो कार्यको थालनी गरिएको हो ।
शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको आर्थिक सहयोगमा विश्व लुथरन फेडरेशनको संयोजनमा भूटानी र नेपाली गरी १३ जना महिलालाई तालिम दिइएको कर्याक्रम संयोजक भूटानी शरणार्थी महिला मञ्चकी कार्यक्रम प्रबन्धक ममता तिवारीले बताए ।
हरेक सहभागीलाई ढाकाको तान र एक सेट आवश्यक धागो तथा अन्य उपकरण निशुल्क प्रदान गरी ३ महिने तालिम दिइएको बताइएको छ । ५ जना भूटानी र ८ जना नेपाली समूदायका महिलाहरुले तालिम लिएको वेलडाँगी ३ का गीता गिरीले बताए । ३ महिने तालिम सकेर सहभागीहरुले उत्पादन कार्य शुरु गर्न थालेको तालिममा सहभागी चुलाचुली ५ की सुनिता लावतीले बताए ।

लावतीका अनुसार तान बुनेर १ दिनमा ३ सय देखि ४ सय रुपैयाँ सम्म कमाउन सकिन्छ । तालिम लिएका महिलाहरुको समूहले उत्पादन गरेका सामाग्री महिला मञ्चले बजारीकरण गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here