दुर्घटनामा दुईको मृत्यु

0
207

मोरङ/ मोरङ र सुनसरीमा बुधबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पथरी–शनिश्चरे नगरपालिका – १ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षिय रमेश लिम्बुको मृत्यु भएको हो ।
पिकअपको ठक्करबाट गम्भिर घाईते भएका लिम्बुलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पुर्याउने बित्तिकै मृत्यु भएको थियो । ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
यस्तै बुधबार रातिनै सुनसरीको दुहवी नगरपालिका – ८ स्थित कोशी राजमार्गमा को ३१ प ९९७८ र को २५ प १०३० नम्बरको मोटरसाइकल एक अर्कासंग ठोक्किंदा ९९७८ नम्बरको मोटरसाइकल पछाडी सवार विराटनगर–४ बस्ने विक्रम विश्वासको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परि घाइते हुनेमा बनिगामा–७ बस्ने समिर चौधरी र पथरीशनिश्चरे नगरपालिका–२ बस्ने सुवास राई रहेका छन् । घाइतेहरु सामान्य रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here