आलुको पूर्वमुलविउ उत्पादन गर्न नयाँ प्रविधि

0
254

दमक/ निजि क्षेत्रको संलग्नतामा रोगमुक्त गुणस्तरीय विउ आलुको उत्पादन गरि आलुको उत्पादकत्व र उत्पादन बढाउनलाई सहयोग पुर्याउने उद्देश्यले गौरादहमा टिस्युकल्चर प्रविधि शुरु गरिने भएको छ ।
शुक्रवार फाइकस बायोटेक प्रा.लि.ले आयोजना गरेको अन्तरक्रियामा आलुको गुणस्तर र विउ विजनबारे छलफल भएको थियो । कार्यक्रम प्रश्तोता दुर्लभ कार्कीले तयार पारेको कार्यपत्रमा विभिन्न संस्थाका प्रतिनिधि र कृषकहरुले जिज्ञासा राखेका थिए । मुलविउ आलुको उत्पादन गर्न गौरादहमा उत्पादन प्रयोगशाला भवन समेत निमाण भइरहेको छ । प्रयोगशालाको कुल २ करोड रुपयाँ लागत लाग्ने र त्यसको ५० प्रतिशत छुट हुने कार्यपत्रमा उल्लेख गरिएको छ । यहाँबाट उत्पादित विउको प्रतिदाना ६० देखि ७० रुपयाँ पर्ने बताइएको छ ।
कार्यक्रममा गौरादह नगरपालिका मेयर रोहित शाहले गौरादहलाई कृषि उपार्जनको नगरपालिका बनाएर चिनाउन लागि परेको बताए । उनले हरेक बाली बैज्ञानिक तवरले लगाएर उन्नती धेरै गराउने योजना नगरपालिकाको रहेको बताए । सञ्चारकर्मी डण्डीराज घिमिरेद्धारा सञ्चालित कार्यक्रम जनप्रतिनिधि हेमन्त कार्कीको सभापतित्वमा भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here