पिकअफको ठक्करबाट देवानको मृत्यु

0
290

पथरी/ पूर्वपश्चिम लोकमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरेमा बाटो क्रस गर्ने क्रममा पिकप भेनले ठक्कर दिदा एक युवाको मृत्यु भएको छ ।

बुधबार राती ८ बजे पथरीबजारको पश्चिम बस स्टेसन छेउबाट बाटो क्रस गर्ने क्रममा भेनले ठक्कर दिदा पथरीशनिश्चरे –१ बस्ने बर्ष २८ को रणबहादुर देवानको मृत्यु भएको हो । पूर्वबाट पश्चिम गइरहेको को २ च ३२२ नम्बरको पिकप भेनले ठक्कर दिदा देवानको मृत्यु भएको इलाका प्रहरी कार्यालयको इस्पेक्टर विजय श्रेष्ठले बताए ।

देवानलाई घटना स्थलबाट उपचारको लागी पथरी हस्पिटल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । भेन र चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा र मृर्तक पथरी हस्पिटलमा रहेको रहेको प्रहरीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here