मेयर र उपमेयर भत्ता खान्छन् हामी काम गर्ने ?

0
436

मोरङ/ आफुहरुलाई समेत मासिक सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै १ नम्बर प्रदेशका स्थानीय तहका सदस्यहरु आन्दोलित बनेका छन् ।

यस क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका सभाहलमा वुधवार भएको भेलामा पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाका सदस्यहरुले संयुक्त संघर्ष समिति खडा गरेका छन् । भेलाले पथरीशनिश्चरे नगरपालिका सदस्य तथा प्रदेश संघर्ष समिति सदस्य दुर्गाप्रसाद सिटौलालाई संयोजक तोकेर वडा सदस्यहरुको हकहित सम्बन्धी ८ सदस्यीय संघर्ष समिति गठन भएको छ । प्रदेश संघर्ष समितिले अघि सारेका संघर्षका कार्यक्रमहरुका आधारमा यहाँको समितिले कार्यक्रम अघि बढाउने संयोजक सिटौलाले जनाए ।

भेलामा, प्रदेश संघर्ष समितिका संयोजक एवम् ग्रामथान गाउँपालिका सदस्य दीपेन्द्र विष्टले प्रमुख, उपप्रमुख, वडाध्यक्षलाई झैं सम्पूर्ण अधिकार, तलव, भत्ता, सेवा सुविधा मासिक रुपमा उपलब्ध गराउन प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराए । उनले सदस्यहरु नाम मात्रको जनप्रतिनिधि भएको तथा केवल वैठकको कोरम पुरा गर्न मात्र प्रयोग गरिएकाले शक्ति पृथकिकरणको सिद्धान्त एवम् संविधान र संघीयताको मर्म विपरित भएको दावी गरे । ‘सरकारले वडाध्यक्षसम्मलाई मासिक सेवा सुविधा तथा तवल भत्ताको नीति ल्याउँदै गरेको कुरा आइरहेको छ । तर वडा वडामा खटिएर काम गर्ने हाम्रा लागि त्यसखाले सेवा सुविधा उपलब्ध नगराउने भए हाम्रो पद सरकारले खारेज गरिदेओस् ।’– उनले भने ।

प्रदेश संघर्ष समिति सदस्य जोगनारायण थानदारले नगरपालिकाका विभिन्न उपसमितिहरुमा समेत सदस्यहरु संयोजक हुन पाउने अधिकारलाई माथिल्लो पदका पदाधिकारीहरुले कुण्ठित गरिएको टिप्पणी गरेका छन् । आफुहरुले त्यही कुरा उठाएर आफु बुढीगंगा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक बनेको उनले उल्लेख गरे । प्रदेश संघर्ष समिति निर्माण गरेर फागुन २३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ज्ञापनपत्र पेश गरिएको उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here