पत्रकार महासंघ झापाका अध्यक्षलाई पितृशोक

0
158

झापा/ नेपाल पत्रकार महासंघका अध्यक्ष तथा सजिलो खबर डटकमका सम्पादक तारामणि सापकोटालाई पितृशोक परेको छ । सापकोटाका ८१ बर्षीय पिता युवनाथमणी सापकोटाको मङ्गलबार अपरान्ह १ बजे झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित नीजि निवासमै मृत्यु भएको हो ।
उनी लिभर क्यान्सरबाट पीडित थिए । एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो ।
उनका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन् । सापकोटाका ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा रहेका छन् । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ । स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् ।
उनको मङ्गलबारै ४ बजे कनकाई माईमा दाहसंस्कार गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here