झापाली पत्रकारलाई चुल्है निम्तोः ‘मायाँ बाँड्न झापा आयौं’

0
347

दमक/ चलचित्र शत्रुगतेको टीमका कलाकारले खुलेरै भने– ‘हामी झापा आएको प्रचारको लागि मात्र होइन, हामी मायाँ बाँड्न र मायाँ साट्न झापा आएको छौ ।’ कलाकार हरिवंश र दिपाश्री निरौला भन्छन्– चलचित्र बनाउनु ब्यापारकोलागि र पत्रकार भट्घाट गर्नु विज्ञापनकोलागि मात्र होइन । सद्भाव कायम राख्नु र मायाँ साट्नु हाम्रो उदेश्य हो । हरिवंशले भने– ‘निम्तो मात्र गर्न त यूट्यूव र फेसवुकबाटै हुन्थ्यो तर झापाका पत्रकारलाई शत्रुगते हेर्ने कार्ड सहित चुल्है निम्तो लिएर झापा आएका हौं ।’
चैत ९ गतेबाट प्रदर्शनका आउन लागेको चलचित्र शत्रुगतेको बजार प्रवद्र्धनका लागि निर्माणपक्ष तथा कलाकारले पूर्वका बजारलाई प्राथमिकता दिएर प्रचारमा केन्द्रित भएका छन् ।
सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरेको टोलीले मंगलबार दमकमा पत्रकारहरुसँग चलचित्रबारे अन्तरक्रिया र भेटघाट गरेको छ । ‘तँ त साह्रै बिग्रिस नि बद्री’ बनाएको १७ वर्ष चलचित्र क्षेत्रमा फर्किएको बताएका प्रस्तुतकर्ता किरण केसीले शत्रुगते नेपाली दर्शकहरुका लागि प्रतिक्षाको बिषय बनेको बताए ।
चलचित्रका नायक पल शाहा, नायीका आँचल शर्मा, कलाकारहरु शिवहरी पौडेल, दिपाश्री निरौला लगायतका कलाकारहरुले चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारलाई जोडिएको र यसले समाजमा रहेको पुस्तान्तरणको अवस्था पनि चित्रित गरेको बताए ।
चलचित्रका संगीतकार टंक बुढाथोकीले भने ‘रुपै मोहनी’ बोलका गीतले श्रोताको मन जितिसकेकाले चलचित्रलाई पनि दर्शकले मन पराउने दावी गरे ।
दमकको पाथीभरा चलचित्रका प्रवन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले सबै किसिमका कलाकारहरुको कला यो चलचित्रमा समेटिएकोले चलचित्र पृथक भएको अपेक्षा गरिएको बताए । उनले हाँस्य कलाकारहरुको यो चलचित्रलाई दर्शकले रुचाउनेमा कुनै शंका नरहेको बताए । चलचित्रका कलाकार समेत रहेका हरिवंश आचार्यले भने नेपाली भाषा जोगाउन र यसको प्रवद्र्धनका लागि पनि नेपाली चलचित्र आवश्यक रहेको बताए । चलचित्रको बजार प्रवद्र्धनकै लागि फागुन–२३ गते शत्रुगतेले नेपाल यात्रा शुरु गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here