दमक अस्पतालमा पोष्टमार्टम शुरु

0
314

दमक/ झापाको दमकस्थित दमक अस्पतालले पहिलोपटक एक जना पुरुषको पोष्टमार्टम गरेको छ । सडक दुर्घटनाबाट ज्यान गुमाएका झापा, दमक–९ का ३२ बर्षीय कमल कुमार मगरको शव पोष्टमार्टम गरिएको अस्पतालले जनाएको छ । कुमालको हिजो शुक्रवार दिउँसो झापाको चारपाने–विर्तामोड सडक खण्डमा गाडीको ठक्करबाट ज्यान गएको थियो ।
अस्पतालका अध्यक्ष जिवन शिवाकोटीका अनुसार गत फागुन ६ गते देखि अस्पतालले औपचारिक रुपमा पोष्टमार्टम शुरु गर्ने व्यवस्था गरेपनि शनिवार भने पहिलोपटक पटक ती युवाको शव परिक्षण गरिएको हो । त्यसअघि त्यस अस्पतालमा कुनै पनि पोष्टमार्टम गर्ने घटना आएको थिएन् ।
जिल्लामा मेची अञ्चल अस्पतालपछि दमकको सो सरकारी अस्पतालले पोष्टमार्टम सञ्चालन गर्ने अनुमति पाएको थियो ।
४ जना एमविविएस डाक्टर सहित २२ जना कर्मचारी रहेका जिल्ला स्तरको सो अस्पतालमा आगामी चैतबाट आकस्मिक सेवासहित १५ शैयाको अन्तरङ्ग सेवा पनि सञ्चालन गर्ने तयारी समेत भैरहेको अध्यक्ष शिवाकोटीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here