प्रहरीको चर्पीले टोलवासी दुर्गन्धित

0
375

दमक/ शौचालयको पाइप फूटेपछि दमकको इलाका प्रहरी कार्यालय दमकका आसपासका बासिन्दाहरुले दुर्गन्धको सास्ती खेप्दैआएका छन् ।

कार्यालयको दक्षिण क्षेत्रका आधा दर्जन घरका बासिन्दाहरु दुर्गन्धित चर्पीका कारण हैरान हुदै आएको स्थानीयहरुले गुनासो गरेका छन् ।
प्रहरीको भवनसँग जोडिएको चर्पीको पाइप चुहिँदा समेत त्यसलाई मर्मत सम्भार नगर्दा चर्पीको दुर्गन्ध सहनुपरेको स्थानीय राधिका सापकोटाले बताइन् । उनले प्रहरीका अधिकारीलाई त्यसवारे जानकारी गराएपनि सुनुवाई नभएको गुनासो गरिन् ।
प्रहरी कार्यालय बनिने क्रममा निर्माण गरिएका चर्पीका पाइप जीर्ण भएपनि त्यसलाई मर्मत नगर्दा भवन पछाडिका बस्तीमा चर्पीको दुर्गन्ध हुदै आएको अर्का स्थानीय शर्मिला श्रेष्ठले बताइन् । उनले पाइपबाट चर्पि नै बाहिर जादाँ टोलनै दुर्गन्धित भएको बताइन् ।

हावा चल्दा साँझविहान त्यस टोलमा चर्पीको दुर्गन्ध फैलिने गरेको स्थानीयहरुको भनाई छ । यसअघि प्रदेश सरकारको टोलीले चर्पी अनुगमन गर्दा इलाका प्रहरी कार्यालयको चर्पी दमकका कार्यालय मध्ये सबैभन्दा खराव भएको र भरिएर बाहिर गएको भन्ने रिपोटका आधारमा समाचार समेत आइसकेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here