किन हुन सकेन दमकमा फोहोर ब्यावस्थापन ?

0
407

प्रदेश आवाज
दमक/ पूर्वका स्थापित र ठूला भनिएका नगरपालिकाहरूमा फोहोर टाउको दुःखाइको विषय बनेको छ । फोहोर व्यवस्थापनलाई नगरहरूले प्राथमिकता दिन त खोजेका छन् । तर, उनीहरू नगरलाई सफा राख्न सक्षम बनिसकेका छैनन् । दमकमा शहरीकरण बढेसँगै दैनिक उत्पादन हुने फोहोरकालागि स्थायी व्यवस्थापन हुन सकेको छैन । चारबर्ष अघि देखि फोहोरलाई डम्पिङ्ग साईडको व्यवस्थापन गरेर गाँड्ने कार्य गरे पनि बजारका अधिकांश क्षेत्रमा समयमा फोहोर उठाउन नसकेको नगरबासीले गुनासो गरेका छन् । दमकबाट मात्र दैनिक उत्पादन हुने १५ टन भन्दा धेरै फोहोरको अस्थायी व्यवस्थापन भए पनि कति स्थानका खाली नालाहरु फोहोरले भरिएका छन् ।
फोहोर प्रशोधन गर्ने उद्देश्यले १ करोड ५० लाख भन्दा धेरै रकम खर्च गरेर निर्माण गरेको भौतिक संरचना प्रयोगमा नआई पुरानो बन्दै गइरहेका छन् । दमक वडा नं. २ को उत्तरी क्षेत्र भूटानी शरणार्थी शिविर वेलडाँगी १ र चुलाचुलीको सिमानामा पर्ने कोलडाँडा नजिक रतुवा खोला किनारमा फोहोरलाई पुर्ने कार्य गर्दै आएको फोहोर संकलनमा जिम्मा लिएको संस्था पाथ ग्रीन लिङककी प्रवन्ध निर्देशक निर्मला चौधरीले बताइन् ।
चौधरीले नगरका नागरिक सचेत हुँदा हँुँदै पनि फोहोरको सही व्यस्थापन आफैले नगरेर फोहोरको उचित व्यवस्थापन नभएको बताए । सरसफाईमा खटेका ५२ जना कर्मचारीले विहानै फोहोर उठानउने र व्यवसायीले ढिलो फोहोर सडकमा ल्याउनाले यो समस्या भएको चौधरीले बताइन् ।
यता दमक नगरपालिकाका फोहोर व्यवस्थापन शाखाका प्रमुख नायव सुव्बा द्रोण थापाले फोहोर प्रशोधनको उचित व्यवस्थापन नगरे दमक मात्र नभएर दमक जस्ता धेरै शहरमा फोहोर एउटा ठूलो चुनौतीको रुपमा देखा पर्ने बताए । थापाले प्रशोधन संचलान गर्ने भनेर लागेको लामो समय भएकोले तत्काल यसको कार्य शुरुवाती गर्ने भनिए पनि आवश्यक दक्ष कर्मचारीको अभावमा काम रोकिएको बताए ।
समयमा उपभोक्ताहरुले पनि पैसा नदिने र नतिर्ने कारण कतिपय अवस्थामा नगरले दिएको र संकलन भएको रकमले कर्मचारी व्यवस्थापनमा समस्या पर्ने गरेको बताइएको छ । फोहोर व्यवस्थापनका लागि मासिक ७ देखि साढे सात लाख रुपैयाँ सम्म खर्च आउने बताइएको छ । खर्च गरे अनुसार फोहोरको स्थायी व्यवस्थापन नभए बड्दो शहरीकरणमा थप चुनौती आउने नागरिक अगुवाहरु बताउछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here