इलामको चुलाचुलीमा बाख्रा बजार शुरु

0
255

चुलाचुली/ इलामको चुलाचुली गाउँपालिका ४ मा आजबाट बाख्रा बजार शुरु भएको छ । चुलाचुली ४ स्थित आइतबारेमा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, गाउँपालिकाका कार्यकारी अधिकृत छबिलाल खतिवडा र कमल रतुवा सामुदायीक बाख्रा श्रोत अध्ययनका अध्यक्ष लक्ष्मि प्रसाद न्यौपानेले संयुक्त रुपमा ब्यानर खोलेर मंगलबारे बजारको उत्घाटन गर्नु भयो ।

कार्यक्रममा बजार संचालनका लागी ढेड कट्ठा जग्गा दान गर्नुभएका दम्पती डम्बर कुमार एवा र विष्णु माया एवालाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राइ तथा उपाध्यक्ष निर्मला दाहालले दोसल्ल ओडाएर सम्मान समेत गर्नु भएको थियो । कार्यक्रममा पहिलो बाख्रा खरिद गर्ने स्थानिय व्यापारी दिलमान भट्टराई र पहिलो विक्रेता होमनाथ दाहाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै बजारमा ल्याइएका बोका मध्येबाट उत्कृष्ट बोका छनोट गरिएका कृषक रोशन दाहाललाई उत्कष्ट कृषकबाट सम्मान गरिएको थियो ।

उनको बोकाको तौल ४६ केजीको रहेको थियो । त्यस्तै बजारमा सबैभन्दा बढी तौलको बोका हेमन्त लामिछानेको साढे ४७ केजीको थियो । बजारमा जमुना पारी तथा बोयर जातका बोकाहरु पनि बिक्रीका लागि ल्याइएका थिए । कार्यक्रमा प्रमुख अतिथि राईले सम्बोधन गर्दै चु्लाचुलीको एकमात्र बाख्रा बजार भएकाले बजारलाई निरन्तरता दिन र स्तरीय बनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै आँफूहरुको सर्धै साथ र सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । वँहाले पशु बजारका लागि पनि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा उपध्यक्ष निर्मला दाहाल, कार्यकारी अधिकृत छबिलाल खतिवडा,वडा नम्बर ३ का वडा अध्यक्ष नर बहादुर लावती , वडा नम्बर ४ का वडा अध्यक्ष कालिदास भट्राई,कमल रतुवा सामुदायीक बाख्रा श्रोत अध्ययनका अध्यक्ष लक्ष्मि प्रसाद न्यौपाने, नरेन्द्र गिरी प्रतिष्ठानकी गिता पुरी लगायतले मन्तव्य राखुनु भएको थियो । कार्यक्रम बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली दुलालको अध्यक्षतामा भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here