नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा

0
440

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराएका छन् । पार्टी कार्यालय पेरिसडांडामा मंगलबार आयोजित कार्यक्रममा पूर्वमाओवादी नेता देवकोटा पुरानै पार्टीमा फर्केका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनको भनाई थियो ।

प्रचण्डले भने, ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन । भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’ कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईलाई पनि पार्टीमा फर्किन आव्हान गरे । उनले भने, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस् ।

माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउनुहुँदै प्रचण्डले पार्टीमा पुनर्मिलन हुन अनुरोध गरे । “इतिहासको निर्माता जनता हुन, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ अध्यक्ष प्रचण्डले स्मरण गर्दै भने, “उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।” उक्त अवसरमा पार्टी प्रवेश गरेका नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here