दुर्घटनामा शसस्त्र प्रहरीको मृत्यू

0
279

झापा/ झापाको कचनकवल गाउँपालिकामा भएको मोटरसाईकल दुर्घटनामा एक शसस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार राति करिब ११ बजे कचनकवल गाउँपालिका १ पोकलाबान स्थित घेराबारी राजगढको भित्री सडक खण्डमा घेराबारीबाट राजगढ तर्फ आउँदै गरेको बा ९३ प १८५ नंबरको मोटरसाईकल अनियन्त्रित भई पल्टदा शसस्त्र प्रहरी घेराबारीमा कार्यरत खगेन्द्र राईको मृत्यू भएको हो ।

ससस्त्र प्रहरी बकरी मोरङमा कार्यरत मोटरसाईकल चालक हर्क कुमार राजवंशी गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा घाईते खगेन्द्रको उपचारको क्रममा झापाको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घाईते हर्ककुमारको गम्भिर अबस्थामा बिएण्डसी अस्पतालमानै उपचाार भईरहेको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए ।
मृतक राईको संखुवासभा सभापोखरी गाउँपालिका २ र घाईते राजबंशीको कचनकवल गाउँपालीका ८ झापा स्थाई घर रहेको प्रहरीले बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here