धनकुटा र तेह्रथुममा एकै दिन नौ घर जले

0
228

धनकुटा/तेह्रथुम/ धनकुटा नगरपालिका–९ माहाङस्थित जलकल्याण सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किएपछि तीन घर र दुई गोठ जलेका छन् ।
कुनै मानवीय क्षति नभएपनि ६ वटा गाई वस्तु तथा २ बाख्रा सहित करिब एक दर्जन घरपालुवा जनावर मरेका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आगो नियन्त्रणका लागि परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख सुदीप राजभण्डारीले जानकारी दिए ।
सामुदायिक वनका उपभोक्ता तथा स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरेपनि हावा चलेसँगै नियन्त्रण बाहिर गएको वडाध्यक्ष सन्दीप रायामाझीले जानकारी दिए ।
आगो नियन्त्रणमा नआए बस्तीका अन्य घरहरु जोखिममा परेका छन् । लामो समयसम्म वर्षात नहुनु र सुख्खा यामका कारण जिल्लाका अन्य आधा दर्जन सामुदायिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ ।
यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्मामा अहिले आगलागी भइरहेको छ । आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलँदा गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुइटेल र लोकनाथ न्यौपानेको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here