झापाका शहीद हस्ता परिवारको घर पार्टीले बनाइदिने

0
305

झापा/ झापाका शहीद हस्ता परिवारको घर पार्टीले बनाइदिने भएको छ । शहीद सप्ताह–२०७४को सन्दर्भ पारेर माओवादी केन्द्रले शहीद परिवारको लागि भापाको गौरादहमा घर निर्माण कार्यको शिलान्यास गरेको छ ।
सप्ताहा समापनको दिन आज सोमवार नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ५ ले गौरादह नगरपालिका–२ लोदाबारीमा शहीद बिष्णुलाल हस्ता परिवारको लगि घर निर्माणको शिलान्यास गरेको हो ।
माओवादी केन्द्रका युवा नेता गगन पुरीको प्रमुख उपस्थितिमा सिलन्यास गरिएको सो घर निर्मााणको लागत अनुमानित १० लाख रुपयाँ रहने बताइएको छ ।
निर्माण समितिका अध्यक्ष डिल्लि रिजालको सभापतित्वमा सम्पन्न सिलन्यास कार्यक्रममा शहीद बिष्णुलालका समकालिन युवा नेता पुष्प ढकालले शहीद हस्ताको योगदानको बारेमा चर्चा गरेका थिए ।
२०२४ साल पुस १० गते झापाको साबिक तोपगाछीमा जन्मिएका तथा गौरादह २ मा स्थायी बसोबास गर्दैरहेका हस्ताको ०६० साल पुस ९ गते सशस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।
गौरादह बहुमुखी क्याम्पसमा २०५२ सालको स्ववियु निर्बाचनमा तत्कालिन अखिलको तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भएका हस्ता विद्यार्थी राजनीति तथा पार्टी राजनीतिमा सक्रिय थिए ।
२०५६ सालबाट माओवादी पार्टीमा सम्लग्न भएका हस्ता २०५७ सालबाट पूर्णकालिन भएका थिए । ०६० सालमा माओवादी पार्टीको एरिया समिति सदस्य जिम्मेवारीमा रहेका विष्णुलाललाई उनका समकालिन ढकालका अनुसार पार्टी भित्र कमरेड “बिकल्प” भनेर चिनिन्थ्यो ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सिताराम अधिकारी, माओवादी केन्द्रका गौरादह नगरकमिटि अध्यक्ष हुकुम नेपाली तथा नगर परिवार, वार्ड नं २ का वार्ड अध्यक्ष राजन खनाल तथा वडा कमिटि परिवार लगाएत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here