दमक क्याम्पस र इलाका प्रहरी कार्यालयको यस्तो हविगत

0
277

दमक/मन्त्रीले सौचालयको अनुगमन गरे भन्दा तपाइलाई अचम्म लाग्न सक्छ, तर प्रदेश एकमा सौचालयको छड्के अनुगमन शुरु भएको छ ।
सोमबार प्रदेश नंं. १ का सामाजिक विकास मन्त्री जिबन घिमिरे दमकको मालपोत कार्यालय सहित केहि कार्यालय र दमक आउने सूचना केहि ब्याक्तिहरुलाइ मात्र थियो । सुरक्षाकर्मीलाइ समेत जानकारी थिएन ।

कारण थियो अनुगमन । त्यो पनि शौचालयको । मन्त्री घिमिरे मन्त्रालयका कर्मचारीहरु सहित आएर सिधै शौचालय हेर्न थाले । सबै छक्क परे । मन्त्री आएर के अनुगमन गर्ने खोजे भने डरले थरर बनेकाहरु शौचालय हेर्न आएको थाहा पाएपछि सवै छक्क परेका छन् ।

दमक बहुमुखि क्याम्पसको शौचालय एकक्षण पनि बस्न नसकिने अवस्था रहेको पाएको छ । अरुलाई शिक्षा दिने लेक्चरहरुको सौचालय यस्तो हुनुका पछि सिंगो क्याम्पस र लेक्चरहरु माथि नै स्वास्थ्यको प्रश्न चिन्ह देखापरेको अनुगमन टोलीका एक सदस्यले बताए ।
शौचालय अनुमनमा पुगेकाहरु त्यहाँ पुग्नसाथ हवास्स गन्ध आएको थियो । इलाका प्रहरी कार्यालय दमकको शौचालय त भरिएर दिशापीसाव नै बाहिर रहेको पाइएपछि अफीसरहरुको हविगत छर्लङग भएको छ ।

मन्त्री घिमिरेले शौचालयहरुको अवस्थाको बिषयमा मन्त्रालयले अनुगमन प्रतिवेदन बनाएर सार्वजनिक गरिने उल्लेख गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here