बजारका तरकारीमा विषाधि प्रयोग, नगरपालिकाले अनुगमन नगरेको गुनासो

0
549

दमक/ बजारका सब्जीमा अत्यधिक विषाधि रहेको र दैनिक खानामा प्रयोग हुने तरकारी स्वास्थ्यका दृष्टिकोणले यो स्तरको जोखिममा हुँदा पनि कुनै अनुगमन, नियमन नभएको भन्दै उपभोक्ताले नगरपालिकाप्रति आक्रोस ब्यक्त गरेका छन् ।
पछिल्लो समय शहरी क्षेत्रका मानिसहरुले हरेक दिन दैनिक साग सव्जी खाँदा अत्याधिक बिष खाइरहेको विहिवार दमकमा भएको एक कार्यक्रमका उपभोक्ताहरुले बताएका हुन् ।
दमक नगरपालिकाको आयोजनामा कृषि सम्बन्धी दुई दिने तालिमको बुधवार भएको समापन कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन ।

शहर क्षेत्रका बासिन्दाले हरेक दिन किनेर खाने सव्जी बाट मानव स्वास्थ्यमा प्रवेश गरेको विषले पछिल्लो समय मानिसमा मुटु, डिप्रेशन, नपुंशक र क्यान्सर जस्ता खतानाक रोगहरु बढ्दै गएको तालिमका प्रशिक्षकहरुले बताएका छन् ।
शुन्य बजेटमा प्राकृतिक खेती प्रणाली सम्बन्धी तालिमले कृषिमा विषादीको प्रयोग हटाउने उदेश्यले तालिम दिएको दमकनगर पालिका कृषि विभाग शाखाका बाली विकास अधिकृत तालिमका सहजकर्ता गोविन्द प्रसाद आचार्यले बताए ।
दमक नगरपालिका लाई विषादी मुक्त बनाउने लक्ष्य तथा नीति अनुसार सवै वडाका अगुवा कृषक प्रतिनिधिहरुलाई तालिम दिइएको तालिमका अर्का प्रशिक्षक कृषिविज्ञ इन्द्र प्रसाद अधिकारीले बताए ।
तालिमले रसायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरबारे बुझ्न र सचेत हुन उपयोगी भएको सहभागी शान्तिराम भट्टराईले बताए । तालिमले अर्गानिक उत्पादनकालागि वीऊ विजन र मल उत्पादनमा ठूलो सहयोग पुग्ने सहभागी योगमाया सुवेदीले बताइन् ।
तालिममा कृषि विज्ञहरु रन्जन सिंह र दिपेन्द्र पौडेल सहित ४ जनाले फरक फरक विषयमा प्रशिक्षण दिएका थिए ।
भर्खरै मात्र भारतबाट आयात गरिएका तरकारीमा निर्धारित मापदण्डभन्दा सात सय ५० गुणासम्म विषादी पाइएको र भारतमै त्यस्ता तरकारीको उपभोगसम्बन्धी विवाद चलिरहँदा तरकारी नेपाल भित्रिँदा सरकार आवश्यक चनाखो नभएको गुनासो पनि उपभोक्ताले गरेका छन् ।
नेपालबाहेक भारतमा उत्पादन हुने करेला, आलु, भन्टा, परबल, सिमी, बोडी, मटर, फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो, खुर्सानी, भिँडी, आँप, स्याउ, अंगुरलगायत तरकारी र फलफूलमा अत्यधिक विषादी भेटिएको समाचार यस अघि नै सार्वजनिक भइसकेपनि नगरपालिका र उद्योग वाणिज्य संघ कानमा तेल हालेर बसेको भन्दै गुनासो कार्यक्रमका बक्ताहरुले गरेका छन् ।

नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो ।
भन्सारको तथ्यांकअनुसार भारतसहित तेस्रो मुलुकबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ अर्ब ३६ करोड ७९ लाख १७ हजार मूल्यबराबरको चार लाख १६ हजार सात सय ६१ टन (४१ करोड ६७ लाख ६१ हजार एक सय १३ किलो) तरकारी आयात भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here