ओली र राईलाई सार्वजनिक मुद्धा

0
163

दमक/ जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओली र पदम राईलाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गररे मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । चारदिनदेखि नेताद्वय ओली र राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
गत फागुन ६ गते पार्टीको युवा स्वयंसेवक संघको राष्ट्रिय भेला हुने क्रममा प्रहरीले नेता ओली, राईसहित २ सय ९१ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका अन्य सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ । हिरासतमा रहेका नेता राईले आफूहरुलाई प्रहरीले म्याद थपकालागि पक्राउ पूर्जी थमौतिको प्रयास गरे पनि हस्ताक्षर गर्न अस्वीकार गरेको बताए । नेता राईले आफूहरुलाई झुठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here