संरक्षक नहुँदा रुख हराउन थाले

0
218

दमक/ दमकको उत्तरी क्षेत्रमा रहेको हंसे दुम्से सामुदायिक बन क्षेत्रबाट संकलन गर्न बाँकी रहेका रुखहरु धमाधम हराउँन थालेका छन् । सयममा निर्वाचन नभएर बन रेखदेखमा भएको कम्जोरीको फाईदा उठाउँदै संकलन गर्न बाँकी रुखहरु रातारात हराउँनथालेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
झापाका १० ठूला बन मध्य पर्ने बनमा ९ महिना अघिनै हुनु पर्ने निर्वाचन हालसम्म हुन नसक्दा रेखदेख गर्ने जिम्मेवार समितिको अभावमा चोरी भएको इलाका बन कार्यालय बेलडाँगीका रेन्जर राजेश घिमिरेले बताए ।
घिमिरेले कार्यालयमा आवश्यक दरबन्दीका कर्मचारीको अभाव र बनको आधिकारिक समितिको निर्माणमा ढिलाइका कारण चोरी निकासी नियन्त्रण गर्न नसकिएको बताए ।
गएको बर्षातमा आएको ठूलो हावा हुरीले ढालेका टिपोट गरिएका ५ सय २२ रुखहरु मध्ये २ सय ४ वटामात्र संकलन गरिएको सामुदायिक बनले जानकारी दिएको छ । बाँकी रहेका ३ सय बढी विभिन्न प्रजातिका रुखहरु अहिले बनमा न्यून संख्यमा मात्र भेटिने गरेको स्थानीय सामाजिक अगुवा गणेश चाम्लिङ्ग राईले बताए ।
बन क्षेत्रमा ढलेका अधिकांश रुखहरुको फेदको भाग मात्र रहेको र बाँकी चोरी भएको बताइको छ । यता बनका अध्यक्ष हिमालय प्रसाद दाहालले चोरी बढेको स्वीकार गर्दै नियन्त्रणकालागि तत्काल पहल गर्ने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here