करोडौका सौर्य बत्ती विग्रीए

0
243

इलाम/ इलामको सडकमा जडान गरिएका सौर्यबत्तीे ६ महिना पनि नबित्दै काम नलाग्ने भएका छन् । सडकको छेउमा राखिएका बत्ती केही बल्ने पिलपिल बल्ने र केही नबल्ने भएका हुन् ।
बत्ती नबलेका कारण रातको समयमा पैदल हिड्न र गाडी लिएर हिड्न समस्या भएको इलाम नगरपालिका–७, का स्थानीय दिपेन्द्र चापागाईले बताए ।
बत्ती मिलिक्क मिलिक्क चम्किँदा सवारी चालकको ध्यान नै बत्तीतिर जाने गरेको र त्यसले दुर्घटनाको जोखिम बढेको चापागाई बताउँछन् ।
इलाम नगरपालिकाले पनि बत्तीको समस्यामा खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । सडकमा जडान गरिएका २ सय ३ वटा सडक सौर्य बत्तीमा आधाभन्दा बढी कामै नदिने गरी बिग्रिएका छन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयले भने समस्या सामाधान गर्न काम सुरु गरेको बताएको छ । रातको ११ बजेदेखि बिहान ३ बजेसम्म बत्तीलाई चार्ज गर्न बत्ती डिममा बालिने, घरी बल्ने घरी निभ्ने समस्या भएकालाई पुरै बल्ने बनाउने कार्य सुरु गरेको जनाएको छ ।
इलाम सदरमुकाममा भएका पोलमा जडान गरिएका सडक बत्ती नबलेपछि अध्यारोमुक्त सडक बनाउन गएको साउनमा २ सय ३ वटा सडक सौर्य बत्ती जडान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here