विद्युत चोरी नियन्त्रणमा कडाइ

0
291

दमक/ नेपाल विधुत प्राधिकरण दमक वितरण केन्द्रले विधुत चोरी नियन्त्रण अभियान तिव्र बनाएको छ ।
गएको ६ महिनायता मात्र अभियान अन्तर्गत विभिन्न क्षेत्रका ८० जनालाई कार्वाही गरी सकेको विधुत चुहावट फाँट सुपर भाइजर महेश दाहालले बताए ।
४ वटा संकलन केन्द्र र १४ वटा काउन्टर रहेको सो केन्द्रबाट कार्वाहीमा परेकाहरुबाट १७ लाख २६ हजार ५ सय ९ रपयाँ रकम असुल गरेको बताइएको छ । मिटर वाईवास, हुकिङ्ग, मिटर विगारेर चोरी गर्नेलाई विधुतचोरी नियन्त्रण ऐन अनुसार कार्वाही तथा जरिवाना गरिएको केन्द्रका लेखाअधिकृत मदन पौडेलले बताए ।
उपभोक्तालाई सहज विधुत उपलव्ध गराउने उद्देश्यका साथ केन्द्रिय नीति निर्देशन अनुसार अभियान तिव्र पारिएको वितरण केन्द्रले जानकारी दिएको छ । चोरी खासगरी दुर्गम क्षेत्रमा हुकिङ्ग गरेर मोटर जडान र शहरी क्षेत्रमा मिटर बाइपासबाट गर्ने गरिएको पाइएको विधुत चुहावट फाँटका सुपर भाइजर दाहालले बताए । दाहालका अनुसार चोरी गर्नेको मिटर बक्स र प्रयोग उपकरण बरामद गरी दण्डगर्ने अभियान तिव्र पारिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here