पूर्वमा बन्दको आमसिक प्रभाव

0
319

झापा ८ फागुन/ नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण पूर्वमा आमसिक प्रभाव परेको छ । इलाम, झापा, पाँचथर, ताप्लेजुङमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो दुरीमा गाडीहरु कुदेका छन् । यसैगरी कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा मंगलबार बिहानैदेखि यातायात प्रभावित बनेको छ ।
उक्त पार्टीको गत आइतबार विराटनगरमा हुने राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो सम्मेलनमा भाग लिन पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आव्हान गरेको जनाइएको छ। बन्दका कारण धनकुटाको जनजीवनमा आंशिक प्रभाव परेको छ। बजार, पसल, कलकारखाना आंशिक रुपमा खुलेका छन्। शिक्षण संस्था र यातायात प्रभावित बनेको छ। मोटरसाइकल, प्रेस, दुध, तरकारी बोकेको सवारी साधन भने चलेका छन्।

पक्राउ परेका नेता कार्यकर्ता रिहा नगरे कडा आन्दोलनमा जाने नेकपा धनकुटाका इन्चार्ज आकाश शर्माले चेतावनी दिएका छन्। उक्त पार्टीले अवाञ्छित गतिविधि गरेको भन्दै प्रहरीले केही नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here