११ सदस्यीय जिल्ला कार्यसमिति चयन, झापा जिल्ला फूटबल रेफ्रि संघको नयाँ नेतृत्व

0
399

दमक,७ फागुन / झापा जिल्ला फूटबल रेफ्रि संघको नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको साधारणसभाले प्रदीप बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लोकराज ढुङगाना,महासचिवमा प्रकाश काफ्ले र कोषाध्यक्षमा श्याम दनुवार चुनिएका छन् । संघको सदस्यहरुमा खेमराम श्रेष्ठ,लक्ष्मण जैसवाल,लाक्पा तामाङ,लोकराज अधिकारी,डिकबहादुर श्रेष्ठ,सन्तोष चौधरी र नरवहादुर फागो चुनिएका छन् । झापा फूटबल संघका अध्यक्ष भगिरथ आले मगरलगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here