क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

0
264

काठमाण्डौ/ नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई सरकारले जनही ३–३ लाख रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उक्त घोषणा गरेका हुन् ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
त्यसै, नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई मदन भण्डारी स्पोट्स एकेडेमीले १–१ लाख रुपैयाँ दिने भएको छ। एकेडेमीका तर्फबाट विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले जनही १–१ लाख थप गर्ने घोषणा गरे ।
नामिबियामा भएको डिभिजन २ मा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ। विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बावे आयोजक राष्ट्र जाँदैछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here