लिम्बू भाषा पढ्ने बिध्यर्थीलाइ शैक्षिक सामग्री बितरण

0
213

फाक्तेप ।सन्चारकर्मी डाइमण्ड कार्कीको पहलमा बालसेवा आधारभुत बिध्यलयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ  ।


आज शिवसताक्षी ७फाक्तेप स्थित बालसेवा आधारभुत बिध्यलयमा एक कार्यक्रमको आयोजना गरि उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो । उक्त शैक्षिक समाग्री कक्षा १मा अध्यानरत १८जना बिद्यार्थीलाई बितरण गरिएको हो ।

सामुदायिक बिध्यालयमा बिपन्न परीवारका छोरा छोरी अध्यापन गर्ने र अझ कक्षा १मा आनेपान भाषा (लिम्बू भाषा) पढाइ हुने भएकोले सो बिध्यार्थीहरु लाई लक्षित गरि कापी पेन्सिल बितरण गरिएको बताइएको छ । साथै अती बिपन्न बिध्यर्थीलाइ समेत कापी पिन्सिल दिएको छ । यश शैक्षिक सामाग्री ले बिध्यर्थीहरुलाइ राहात पुगेको बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले बताए ।

काठमाडौं निवासी हाल अमेरिकामा बसोबास गर्दै आउनु भएकी समजसेवी जङ्गमु शेर्पाको आर्थिक सहयोगमा उक्त समाग्री खरिद गरि बितरण गरिएको सन्चारर्मी कार्कीले बतए । उनका अनुसार समाजसेवी शेर्पाले यश अघि रमिते सेल्फी डाडामा रङ्गरोगन गर्नको लागि पनि आर्थिक सहयोग गर्नु भएको थियो । समुदयिक बिध्यालय मा बिपन्न परिवारका छोरा छोरीहरु अध्यन गर्न आउने भएकोले उनिहरु लाई केही राहत होस भनेर ५/५थान कापी , पेन्सिल ,इरेजर र सापनर बितरण गरिएको कार्कीले जानकारी दिए ।

शैक्षिक सामग्री बितरण कार्यक्रमको सहजीकरण बिधयलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले गरेका थिए । तयसै गरि पत्रीका बितरक तथा युटुबर नारायण शिवाकोटीले बिध्यार्थीहरुको लागि  चक्लेट सौजन्य गरि बितरण गरिएको थियो ।

२०३०सालमा स्थापना भएको यश बिध्यालयमा हाल कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमा पठन पाठन भैरहेको छ । यश बिध्यालयले यहि बर्ष संवरण महोत्सव समेत मनाउन लागेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here