शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने

0
192

शिवसताक्षी । झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने भएको छ। सतासीधाम जेसीजको आयोजना र कन्काइ फन वल्डको इभेन्ट म्यनेजमेन्ट्मा भदौ २५ गतेदेखि असोज १० गतेसम्म १५ दिने प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८०, शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

शिवसताक्षीको दूधेमा पत्रकार सम्मेलन गर्दै सतासीधाम जेसीज २०२३ कि अध्यक्ष जेसी निर्मला प्रधानले देशव्यापी मनाईने नेपाली महिलाको महान चाड हरितालिका तीजको अवसरमा उक्त महोत्सव आयोजना गरिएको बताइन् ।महोत्सवका लागि सतासीधाम जेसीजले इभेन्ट म्यानेजमेन्ट सङग २१ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको समेत सो पत्रकार सम्मेलन मार्फत जान्कारी गराइएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह साँवाले कार्यक्रमको अनुमानित खर्च करिव २६ लाख रहने जानकारी दिए। उक्त कार्यक्रमका लागि कनकाई फन वर्ल्डलाई रोयल्टी बापत केही रकम प्रदान गरिसकेको जेसी साँवाले बताए । त्यस्तै पत्रकार सम्मेलनमा सम्पुर्ण जेसीज सदस्य सहित शिवसताक्षी नगरकी पुर्व उप प्रमुख भोजकुमारी नेपाल र वडा नं ११ का वडाध्यक्ष बाहदुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

हरितालीका तिजको शुभकामना दिदै पुर्व उप प्रमुख नेपालले सतासीधाम जेसीजले यति ठुलो आँट गर्नु आफैमा गौरवको विषय भएको जनाउदै कार्यक्रम सफलताको शुभकामना दिइन । त्यस्तै वडाध्यक्ष आङ्बोले परि आउन सक्ने भितव्यलाई ध्यानमा राखेर सम्पुर्ण सुरक्षाका पाटाहरु बुझेर आफुले कार्यक्रमको लागि सिफारिस गरेको र सभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न हुनेमा आफू बिस्वस्त रहेको बताए ।

महोत्सवले शिवसताक्षी नगरको पर्यटनको प्रवर्धनमा समेत टेवा पुर्याउने भएकोले महोत्सवमा सहभागी हुन आउनेले नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, बौद्ध गुम्बा, किरात माङहिम लगायतका धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्ने पनि आयोजक संस्थाले अपेक्षा लिएको बताएको छ । शिवसताक्षी भित्र र वाहिर गरेर दिनहुँ कम्तिमा २ हजार मानिसले महोत्सवको अवलोकन र मनोरञ्जन गर्ने लक्ष्य राखिएको सल्लाहकार समितिका सदस्य दुर्गा नेम्वाङले जानकारी दिए । उनका अनुसार दुधेमा हुने महोत्सव एतिहासिक हुने र महोत्सव सफल बनाउन सवै संग अनुरोध गरेको समेत बताए ।

महोत्सवको समुद्घाटन भाद्र २५ गते सोमवार दिउँसो २ बजे नेपाल जेसिजका बर्ष २०२३ का रास्ट्रीय अध्यक्ष सिनेटर विकास मानन्धरले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक ले जनाएको छ। महोत्सवमा खेल तथा सांगीतिक प्रश्तुती रहने छ । खेलमा रोटे पिङ्ग ,रेल,ड्राईगन लगायतका खेल तथा तमासा समावेश छन भने जि बब,लाउरे,प्रमोद खरेल,प्रकाश सपूत ,मेलिना राई ,ज्योति मगर , एलिना चौहान,अस्मिता अधिकारी , रचना रिमाल,प्रिति आले,टीका प्रसाईं,विन्दु परियार,सोइस्खा राई ,शिवराज भटराई ,श्रीकृष्ण लुईटेल,मिलन परियार,कमल खत्री,सुमन बेघा,सानाहाङ्ग लिवाङ ,जेनिस उप्रेती साथै द लिजार्ड व्याण्ड र द प्रस्ताव व्याण्ड लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महासचिव जेसी पदम कुँवरले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here