अस्पतालको फोहोर सफा गर्दै दमकका नगर प्रमुख र उप प्रमुख

0
199

दमक /झापाको दमकको सरकारी दमक अस्पताल परिषरमा सरसफाई गरिएको छ ।

दमक नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराईको नेतृत्वमा सरफाई गरिएको हो ।

अस्पतालको नयाँ भवन भर्खरै निर्माण सकिएको र निर्माणको क्रममा भएका फोहरको आज सरसफाई गरिएको नगर प्रमुख थापाले बताए । शनिबार दिन पारेर सरसफाई कार्यक्रम राखिएको उनले बताए ।

सफाई गर्ने कर्मचारीहरुले अस्पतालको भित्रको क्षेत्रमा मात्रै सफाई गर्दा बाहिरि क्षेत्रमा फोहर धेरै जम्मा भएकोले सामुहिक सरसफाई कार्यक्रम राखिएको उप प्रमुख रेगीना भट्टराईले बताइन् ।

सफाई अभियानमा दमक अस्पतालका प्रशासक जिवराज भट्टराई सहित नगर प्रहरी, नेपाल प्रहरी र ससस्त्र प्रहरीहरुको समेत सहभागीता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here