दमक रोटरी र रोट्रयाकको पदस्थापन सम्पन्न, रोटरीमा बराल र रोट्रयाकमा गौतमले सम्हाले जिम्मेवारी

0
94

दमक / रोटरी क्लब अफ दमकको एघारौं र रोट्रयाक क्लवको चौथौ पद हस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार दमकमा एक कार्यक्रमकाबीच रोटरी क्लब अफ दमकका वर्ष २०२१/०२२ का अध्यक्ष भरत चम्लागांईले वर्ष २०२२/०२३ का अध्यक्ष पशुपति बराललाई लाई र रोट्रयाक क्लब अफ दमकका वर्ष २०२१/०२२ का अध्यक्ष सपना कन्दङवाले वर्ष २०२२/०२३ का अध्यक्ष किरण गौतमलाई पद हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा दुवै क्लबका वर्ष २०२२/०२३ का पदाधिकारी तथा डाइरेक्टरलाई सपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी RRFC, पूर्व डिष्ट्रिक गर्भनर RID 2392 वासुदेव गोल्यनले मानवीय सेवामा दमक रोटरीले गरेको कार्यको उच्च सम्मान गर्दै अझै व्यवस्थित रुपमा अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै दमक नगरपालीकाका प्रमुख राम थापाले नगरपालिका र रोटरीको सहकार्यमा रोटरी पार्क निर्माण गर्ने समेत मौखित सहमति भएको जानकारी दिए । उनले रोटरीको गतिविधिलाई नजिक बाट नियाल्दै गरेका कारण सामाजिक काममा रोटरी अब्बल रहेको जानकारी दिए ।
कार्यक्रममा रोटरी र रोट्रयाकले वर्ष २०२१/०२२ मा गरेका कार्यक्रमहरुका बारेमा रोटरी र रोट्रयाकका अध्यक्षले जानकारी गराए ।

कार्यक्रममा रोटरीको सामाजिक सेवाको गतिविधिलाई समाचारको माध्यमबाट जनमानसमा पुर्याउन उलेख्य भूमिका निर्वाह गर्ने प्रदेश आवाज डट कमका सञ्चालक जीवन चुडाल लाई दोस्रो उषा चापागाई फाउण्डेसन रोटरी दमक पत्रकारिता पुरस्कार द्वारा सम्मानित गरियो । त्यस्तै रोटरी भोकेसनल पुरस्कार बाट फरक क्षमता भएकी कलाकार रोमा न्यौपाने लाई पुरस्कृत गरियो ।

पदभार ग्रहण गर्दै रोटरी क्लवका नवनिर्वाचित अध्यक्ष बरालले रोटरी क्लव अफ दमकको आगामी कार्ययोजना प्रस्तुत गर्दै क्लबले निर्माण गरेको रोटरी अक्षयकोषमा एक लाख पचिस् हजार हस्तान्तरण गरे र आफ्नो वार्षिक कार्य योजनाको जानकारी दिँदै आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख रेगिना भट्टराई, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, गायक यम बराल, प्रदेश १ का विभिन्न क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

पदभार कार्यक्रम पछि भएको रोटरी साङ्गीतिक साँझमा गायक यम बरालले बादलुको घुम्टोले इलाम बजार छोपिँदा, माया बस्यो मुटुमा, हेर हेर पूर्व बाट जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे त्यस्तै फरक क्षमता भएकी रोमा न्यौपानेले एक खुट्टाले नै १७ ओटा देश घुमेका कुरा सुनाउँदै घर मोरङ्ग भए पनि पूर्वमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर काम पाएको गुनासो गर्दै आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here