शरणार्थीका लागि ३० वटा घर बनाउँदै, इन्ट्रा फाउण्डेशन अमेरिका

0
109

दमक / झापाक दमकको बेलडाँगी शिविर बाट तेस्रो देश जानेहरु त गइहाले तर यतै रहने शरणार्थीहरुको दैनिकी कम्ता कष्टकर छैन । अधिकांश भुटानी शरणार्थीहरु तेस्रो मुलुकमा स्थान्तरण भएपनि हाल मुलुकमा रहेका शरणार्थीको जीवनयापन कष्टप्रद रहिआएको छ । गाँस, बास, कपासका समस्या उस्तै छ ।

नेपाली भाषी भुटानी शरणार्थीका भाषा, धर्म र संस्कृतिको जगेर्नापनि चुनौतीपुर्ण छ । शरणार्थीका अलवा गरिब दुःखी नेपाली नागरिकको पीडाहरुमा मल्हमट्टी लगाउदै आएको छ, इन्ट्रा फाउण्डेशन अमेरिका ।

अमेरिकामा रहेका शरणार्थीहरुले संचालन गरेको संस्था हो, इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट फाउण्डेशन । सो संस्थाले झापा बेलडाँगीमा शरणार्थीका लागि ३० वटा घर बनाइदिने भएको छ । जस्तापाताको छानो, बाँसको बेरा र भुइँमा पक्कि ढलान गरेर घरहरु निर्माण गरिने फाउण्डेशनका सिएफओ मेग सुवेदीले जानकारी दिए । प्रत्येक घर निर्माणमा एक लाख ५० हजार खर्च हुने उहाँको भनाई छ । बेलडाँगी शिविरमा रहेकामध्ये एकदमै दयनीय छाप्रोमा बसोबास गर्दै आएका शरणार्थीका घर निर्माण गर्न इन्ट्रा फाउण्डेशनले अग्रसरता लिएको हो । फाउण्डेशनले शिविरका ७५ वर्षमाथिका एकसय ५० जना वृद्धवृद्धालाई मासिक पाँच हजारका दरले नगद सहयोग गर्दै आएको छ ।

इन्ट्राले नेपाली भाषा र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने हेतुले रियालिटो शोहरु ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ कार्यक्रम संचालन गर्दै आएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here