अमेरिकाको पेन्सिल्भानियामा सम्पन्न “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५” मा लिलबहादुर क्षेत्री सहित १५० भन्दा बढिलाई सम्मान

0
109

दमक /  ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसन जिविएलओको आयोजनामा अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा सम्पन्न भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५” मा धेरै साहित्यकार तथा समाजसेवीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

समारोहका कन्भेनर साहित्यकार, व्यावसायी एवं आयोजक संस्था जिविएलओका वोर्ड अफ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पाङका अनुसार कार्यक्रम अवधिभर समाजमा बिशिष्ट योगदान पुर्‍याएका १५० भन्दा धेरै व्यक्ति, व्यक्तित्वलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली भाषाका मुध्यन्न साहित्यकार लिलबहादुर क्षेत्रीलाई स्विकारोक्ती आजिवन सिद्धि पुरस्कार दिने घोषणा गरिएको छ । नेपाली ६ लाख रुपैयाँ राशीको उक्त पुरस्कार क्षेत्रीलाई दिने घोषणा गरिएको हो । स्वास्थ्यका कारण क्षेत्री कार्यक्रममा उपस्थित हुन नसकेपछि उनलाई भारतमा रहेको उनको निवासमै गएर पुरस्कार प्रदान गरिने जिविएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए।

त्यसैगरी कार्यक्रममा जिबिएलओ न्युजिल्याण्ड चेप्टरलाई उत्कृष्ट शाखाको रुपमा, ओम अधिकारी गोर्खाली र ख्याम अधिकारीलाई उत्कृष्ट सदस्यको रुपमा र लक्ष्मि अधिकारीलाई कार्यक्रम सम्पन्न गर्न बिशेष भुमिका निर्वाह गरेकोमा सम्मानित गरिएको छ ।

त्यसैगरी कार्यक्रम स्थानिय सह आयोजक भुटानी समुदाय हैरिसबर्ग लाई पनि सम्मान गर्नुका साथै लिला निशा, सिवलाल दाहाल, तिलरुपा आचार्य, भुपाल लुईंटेललाई पनि सम्मानित गरिएको छ । त्यस्तै खेलकुद शिक्षण र समाजसेवामा डा. हेमन्त घिसिङ, डा. कुमार गुरुङ, डा.तुलाराम न्यौपाने, डा. नारद अधिकारी, अधिवक्ता पुस्प शर्मा, विकाश राईलाई सम्मान गरिएको जिविएलओका सदस्य तथा साहित्यकार पातलो अन्तरेले जानकारी दिए । तिन दिन सम्म सञ्चालन भएको उक्त उत्सवको अवसर पारेर डा. महेश दाहाललाई दिनेश चाम्लिङ्ग स्मृति युवा पुरस्कार सहित १५० जना बिशिष्ट अतिथिलाई सम्मान गरिएको उनले जानकारी दिए ।

अनुष्ठानमा नेपाल, भारत, अमेरिकाका विभिन्न राज्य, मेक्सिको, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकहरुबाट नेपाली भाषा, साहित्य, संस्कृति, कला क्षेत्रका चर्चित व्यक्तित्वहरु र स्रष्टाहरुको सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here