दमकमा थपिए बिभिन्न विकासका याेजना, शैक्षिक पुर्वाधार विकासमा मात्र २१ कराेड

0
640

दमक / नगरको बिकाशको लागी बिभिन्न योजना र रकम माग गर्न संघिय राजधानी काठमाण्डौमा रहेको दमक नगरपालीकाका प्रमुख, उप प्रमुखको सहितको टोली नगरको विकासको लागी बिभिन्न योजनाको शुनिश्चितता गरेको छ ।

नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकिय अधिक्रित शशी राई सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड सहितलाई भेटेर दमकको विकासका लागी बिभिन्न योजनाहरुमा रकम शुनिश्चितता गरेको हो ।

आफुहरुसंगको भेटमा अर्थमन्त्री शर्माले दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, र ढुकुरपानी माध्यमिक विद्यालयको पुर्वाधार विकासका लागी २१ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएकाे नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिइन् । दमकको बिकाशका लागी यस अघि सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाहरुलाई प्राथमिकतामा राख्दै थप रकम प्रदान गर्न अर्थमन्त्री सहमत भएको उनले बताइन् ।

त्यसैगरी विश्व बैंकको लगानीमा शहरी विकास मन्त्रालयद्वारा पुर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका पुर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठको घरदेखि पश्चिम तर्फ संगम चौक हुदै ताराबारी डिपुचोक जाने करिब ६ किलो मीटरको बाटो विश्वबैंकको लगानीमा बन्ने भएको छ । उक्त बाटो ५० फुट चौडाईको हुने छ भने त्यसका निम्ति बीच–बीचमा चाहिने पुल तथा कल्भट, सडक बत्ती साथै दुवै तर्फ साईकलको लेन समेत निर्माणका हुनेछ । जसका लागी विश्वबैंकले ५८ करोड रुपैयाँ लगानी गर्ने स्वीकृत भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here