विधि र विधान विपरित काम गर्ने जसपा दमकका २० जना निष्कासन

0
93

दमक, १५ साउन–पार्टीको विधि र विधान विपरित क्रियाकलाप गर्ने नेताहरुलाई जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले पार्टी सदस्य समेत नरहनेगरी पदाधिकारी र सदस्यबाट निष्कासन गरिएको छ । सो पार्टीद्वारा आइतबार दमकमा पत्रकार भेटघाट आयोजना गरी विधि र विधान विपरित रहेर नेपाल समाजवादी पार्टीमा प्रवेश गर्ने जसपा दमक अध्यक्ष भेषराज भट्टराईसहित उपाध्यक्ष तुलसी ढुङगाना, सहसचिव नानु पौडेल लगायत २० जना बढी नेताहरुलाई निष्कासन गरिएको जानकारी गरायो ।

जसपा दमक नगर अध्यक्ष खेम दाहालको अध्यक्षतामा पत्रकार भेटघाट गर्दै सो पार्टीको साउन १० गतको पदाधिकारीको बैठक र साउन १४ गते सम्पनन नगर समितिको पूर्ण बैठकदवारा गरिएको निर्णय समेत सार्वजनिक गरेको छ । पत्रकार मञ्च दमकमा आयोजित पत्रकार भेटघाटमा सो पार्टीको दमक नगर समितिले यसअघि गरेका निर्णयहरु प्रेष बिज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

सो बिज्ञप्तीमा पार्टीको विधि र विधान विपरित काम गर्ने जसपा दमक अध्यक्ष भट्टराईसहित उपाध्यक्ष ढुंङगाना, सहसचिव पौडेल र सदस्इहरु चन्द्र धौराली, गोपाल तामाङ, पुजन बञ्जरा, करिसा लिम्बू, ज्योती लिम्बू, युवराज तामाङ, सन्तोष अधिकारी, अविनजंग कार्की, सुवोध राजवंशी, राधिका लिम्बू, दिलकुमार पन्धाक, सुमन बुढाथोकी, नर्वु योङहाङ, विपुल गुरागाई, सम्झाना योङहाङ, गोपाल लाखे, पुरुषेतम राई लगायतलाई सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाएको छ ।

त्यस्तैं, बिज्ञप्तीमा जसपा दमक नगरको कार्यलय उद्घाटनमा खुल्ला रक्तदान गरिने भएको छ । दमक–८ ट्याक्सी स्टेण्डस्थित जसपाको नगर समिति कार्यालय उद्घाटनमा रचतात्मक र सृजनात्मक कार्यक्रम सहित गरिने भएको हो ।

पार्टीको दमक नगर समितिमा पदाधिकारीको बैठकले सह–अध्यक्ष खेमबहादुर दाहाललाई जसपा दमक नगर समितिको अध्यक्ष पदमा जिम्मेवारी प्रदान गरिएको र निर्णयलाई नगर समितिको पुर्णः बैठकले अनुमोदन गरिएको उल्लेख छ । संघीय र प्रदेशको निर्वाचन सम्पन्न भएको १ महिनापछि जसपा दमक नगर समितिको अधिवेशन गर्ने बैठकले निर्णय गरेको समेत सो बिज्ञप्तीमा उल्लेख छ ।

यता, समितिमा रिक्त पदाधिकारीहरुमा सहअध्यक्षमा हिमा राई, उपाध्यक्षमा कुलबहादुर (अनिल) तामाङ, उपाध्यक्षमा कालिकादेबी सार्की र सहसचिवमा मिलन तामाङलाई जिम्मेवारी दिइएको छ । पार्टी दमक नगर समितिद्वारा सञ्चालन हुने विभिन्न गतिविधिहरु प्रसारण र प्रकाशन गर्न नगर समितिका सचिव शुनिल राईलाई जिम्मेवारी दिइएको सो विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तैं, भदौं ३१ गतेभित्र दमकमा पार्टी जनवर्गीय संघसंठनहरु गठन र पूनःगठका कार्यहरु सम्पन्न गर्ने, असोज ३१ गतेसम्ममा पार्टीको वडा समितिहरु गठन र पूनःगठनहरु सम्पन्न गर्ने पत्रकार भेटघाटमा जनाइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रदेश सदस्य पदमकुमारी राई, निर्वाचन क्षेत्र ५ (क) का अध्यक्ष दिपक न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here