दमक ९ मा १० बिपन्न परिवारको घर निर्माण सुरु

0
120

दमक / प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दमक ९ मा १० बिपन्न परिवारको घर बन्ने भएका छन् ।

दमक ९ शिखर टोलका बिपन्न दलित समुदायका १० परिवारको निर्माण हुने घरको आज एक कार्यक्रमका विच प्रदेश सांसद अर्जुन राई सहित दमक नगरपालीकाका प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलन्यास गरेकाछन् ।

दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राईले सुरक्षित आवास नभएका नागरिकका लागी प्रदेश सरकारले ल्याएको कार्यक्रम बमोजिम घरहरु निर्माण हुन लागेको बताए । कोहि नागरिक पनि घर बिहिन बन्न नपरोस भनेर प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए ।

त्यसैगरी दमक नगर प्रमुख थापाले प्रदेश सहित संघिय सरकार र अन्य निकाय संगको सहकार्यमा नगरपालीकाले नगरबासीलाई अधिकतम सेवा प्रदान गर्ने बताए । दमक नगरपालीकाले पनि यस बर्ष १ हजार परिवारको स्वास्थ्य बिमा गरिदिने, बिपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने जस्ता कार्यक्रम राखेको जानकारी गराउँदै मेयर थापाले नगरबासीको साथमा नगरपालीका रहेको बताए ।

कार्यक्रममा दमक नगर उप प्रमुख भट्टराईले तोकिएकै मितिमा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न नगरपालीकाले निरन्तर अनुगमन गर्ने बताइन् ।

प्रति परिवार ३ लाख ५० हजार रुपैयाँ र लाभग्राहीको १० प्रतिसत सहभागीतामा आगामी दुई महिना भित्रमा घर निर्माण सम्पन्न भईसक्ने वडा अध्यक्ष कुवेर भट्टराईले जानकारी दिए । यस अघि पनि दमक १ मा २३ र दमक ३ मा ३० विपन्न परिवार लाई घर निर्माण गरेर नगरपालिकाले हस्तान्तरण गरी सकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here